Logo

बुधवार, कार्तिक १२ गते २०८३

किरात संस्कृति कसैको पेवा होइन — सांसद यज्ञमणि न्यौपानेको हर्क साम्पाङलाई कडा चेतावनी

किरात संस्कृति कसैको पेवा होइन — सांसद यज्ञमणि न्यौपानेको हर्क साम्पाङलाई कडा चेतावनी

जोईन खबर

२, आषाढ २०८३
  • 550
    SHARES
  • किरात संस्कृति कसैको पेवा होइन — सांसद यज्ञमणि न्यौपानेको हर्क साम्पाङलाई कडा चेतावनी

    २ असार काठमाडौं । रास्वपा सांसद  यज्ञमणि न्यौपाने ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ माथि कडा टिप्पणी गर्दै किरात संस्कृति र धर्म कुनै व्यक्ति विशेषको निजी सम्पत्ति नभएको बताएका छन्।पछिल्लो समय सांस्कृतिक तथा धार्मिक पहिचानका विषयमा भइरहेका बहस र अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद न्यौपानेले किरात सभ्यता, इतिहास र संस्कार सम्पूर्ण किरात समुदायको साझा धरोहर भएको उल्लेख गरेका हुन्। उनले संस्कृति र धर्मलाई व्यक्तिगत प्रचार, राजनीतिक स्वार्थ वा कुनै एक व्यक्तिको प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्नु उपयुक्त नहुने बताएका छन्।

    images

    हर्क साम्पाङको नामै लिएर प्रतिक्रिया दिएका न्यौपानेले भने, “किरात संस्कृति र धर्म कसैको पेवा होइन। यसको आफ्नै गौरवशाली इतिहास, मान्यता र गरिमा छ। कसैले पनि यसलाई आफ्नो अनुकूल व्याख्या गर्ने वा कब्जामा लिन खोज्ने अधिकार राख्दैन।”

    images
    images
    images

    उनले जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वले सबै धर्म, संस्कृति र समुदायप्रति समान सम्मान देखाउनुपर्नेमा जोड दिएका छन्। समाजमा सद्भाव, सहिष्णुता र एकता कायम राख्नु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गर्दै उनले पहिचान र संस्कृतिका नाममा समाजलाई विभाजित गर्ने गतिविधिबाट टाढा रहन आग्रह गरे।

    सांसद न्यौपानेले हर्क साम्पाङका पछिल्ला अभिव्यक्ति र गतिविधिका कारण सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अनावश्यक विवाद सिर्जना भएको दाबी गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। उनले संस्कृति र धार्मिक आस्थाजस्ता संवेदनशील विषयमा बोल्दा सार्वजनिक व्यक्तित्वहरूले विशेष सावधानी अपनाउनुपर्ने बताए।

    उनको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच बहस चर्किएको छ। कतिपयले न्यौपानेको अभिव्यक्तिलाई सांस्कृतिक विविधताको पक्षमा आएको धारणा भनेका छन् भने केहीले यसलाई हर्क साम्पाङप्रति लक्षित राजनीतिक टिप्पणीका रूपमा व्याख्या गरेका छन्।किरात संस्कृति र पहिचानको विषयलाई लिएर पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूबीच मतभेद देखिँदै आएको छ। यस्तै विवादका बीच सांसद न्यौपानेको अभिव्यक्तिले नयाँ बहस सुरु गराएको छ।

    प्रकाशित मिति :आषाढ २, २०८३ मंगलवार - १०:०१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको