५ असार काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार यस वर्षको परीक्षामा सहभागी भएका कुल ४ लाख १८ हजार १७० परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत वैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरका विद्यार्थी सहभागी भएका थिए। बोर्डले परीक्षाको मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा ४० जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ। रद्द हुनेमा नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना रहेका छन्।
नतिजा कहाँ र कसरी हेर्ने
विद्यार्थीहरूले अनलाइन, एसएमएस तथा फोनमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
वेबसाइटमार्फत
राष्ट्रिय परीक्षा बोर्डको पोर्टलबाट
नेपाल टेलिकमको नतिजा पोर्टलबाट
एसएमएसमार्फत
मोबाइलको म्यासेज बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो Symbol Number लेखी 1600 नम्बरमा पठाउन सकिन्छ।
फोन/USSD मार्फत
बोर्डले विद्यार्थी तथा अभिभावकलाई आधिकारिक माध्यमबाट मात्रै नतिजा हेर्न सकिन्छ ।