Logo

बुधवार, श्रावण १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाको बजेट ६६ करोड

बारपाक सुलिकोट गाउँपालिकाको बजेट ६६ करोड

जोईन खबर

५, आषाढ २०८३
  • 616
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाको बजेट ६६ करोड

    असार ०५, गोरखा।
    बारपाक सुलिकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. ६६ करोड २८ लाख ६८ हजारको वार्षिक बजेट प्रस्तुत गरिएको छ।IMG_0188.jpeg

    images

    गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।

    IMG_0185.jpeg

    विनियोजित बजेटमध्ये सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी ४९.८१ प्रतिशत बजेट छुट्याइएको छ। त्यसैगरी सडक पूर्वाधार विकासका लागि १७.५६ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १९.४३ प्रतिशत, संस्थागत विकास तथा सुशासनका लागि ७.९० प्रतिशत, आर्थिक विकास क्षेत्रका लागि ४.७८ प्रतिशत तथा वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ०.५२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    IMG_0195.jpeg

    गाउँपालिकाले आगामी वर्षका नीति, कार्यक्रम तथा बजेटमार्फत दिगो, समावेशी र परिणाममुखी विकासलाई मुख्य लक्ष्य बनाएको जनाएको छ। साथै समृद्ध बारपाक सुलिकोट निर्माण, सुशासन प्रवर्द्धन, प्रभावकारी सेवा प्रवाह, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसँगै गाउँपालिकाको समग्र विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताउनु भएको छ।

    प्रकाशित मिति :आषाढ ५, २०८३ शुक्रवार - १८:१४:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको