Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपाको महाधिवेशनस्थल वर्षाले भिज्यो, पानी निकाल्दै अन्तिम तयारी तीव्र (तस्विरहरू हेर्नु)

रास्वपाको महाधिवेशनस्थल वर्षाले भिज्यो, पानी निकाल्दै अन्तिम तयारी तीव्र (तस्विरहरू हेर्नु)

जोईन खबर

७, आषाढ २०८३
  • 262
    SHARES
  • रास्वपाको महाधिवेशनस्थल वर्षाले भिज्यो, पानी निकाल्दै अन्तिम तयारी तीव्र (तस्विरहरू हेर्नु)

    ७ असार काठमाडौँ । भरतपुरमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थल शनिबार राति परेको अविरल वर्षाका कारण भिजेको छ।

    images

    रातभर परेको पानीका कारण महाधिवेशन आयोजना गरिने स्थल हिलाम्मे बनेपछि आयोजक टोली बिहानैदेखि पानी निकाल्ने र स्थललाई व्यवस्थित बनाउने काममा जुटेको छ। महाधिवेशन स्थलमा जमेको पानी हटाउने कार्य जारी रहेको र मञ्च तथा अन्य संरचना सजाउने कामलाई समेत तीव्रता दिइएको आयोजकले जनाएको छ।

    images
    images
    images

    वर्षाका बाबजुद महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याउने काम भइरहेको छ। महाधिवेशनलाई लक्षित गरी पण्डाल निर्माण, प्रतिनिधि व्यवस्थापन, सुरक्षा तथा अन्य प्राविधिक तयारीलाई पनि तीव्र पारिएको छ।

    यसैबीच, देशका विभिन्न जिल्लाबाट नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरू भरतपुर आउने क्रम जारी रहेको छ। पार्टीका शीर्ष नेतासहित हजारौं प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ।तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

    727715414_835634586071295_1240847712462305482_n.jfif727479491_1698034251246782_2503456548327396233_n.jfif727479488_1049239547777084_7407851168380358056_n.jfif727989352_1327391228960271_1450817951504221914_n.jfif727104009_1577217700747941_5218587375071884684_n.jfif

    727904395_2155169171883404_2191214493186300755_n.jfif

    प्रकाशित मिति :आषाढ ७, २०८३ आइतवार - १०:४६:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको