Logo

मंगलवार, श्रावण १२ गते २०८३

विश्वविद्यालयले हुलाकबाट विद्यार्थीलाई घरमै सर्टिफिकेट पुग्ने

विश्वविद्यालयले हुलाकबाट विद्यार्थीलाई घरमै सर्टिफिकेट पुग्ने

जोईन खबर

९, आषाढ २०८३
  • 223
    SHARES
  • विश्वविद्यालयले हुलाकबाट विद्यार्थीलाई घरमै सर्टिफिकेट पुग्ने

    ९ असार काठमाडौँ । विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र लिन विश्वविद्यालय वा सम्बन्धित कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। हुलाक सेवामार्फत विद्यार्थीका शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने व्यवस्था सुरु गर्न लागिएको छ।

    images

    यसका लागि नेपाल खुला विश्वविद्यालय र हुलाक सेवा विभागबीच सहमति भएको छ। उक्त सहमतिअनुसार अब खुला विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र हुलाकमार्फत आफ्नै घरमा प्राप्त गर्न सक्नेछन्।यस व्यवस्थाले विद्यार्थीलाई प्रमाणपत्र लिन विश्वविद्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्नुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ। विशेषगरी दूरदराजका क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरू यस सेवाबाट बढी लाभान्वित हुने विश्वास गरिएको छ।

    खुला विश्वविद्यालयपछि अन्य विश्वविद्यालयका विद्यार्थीलाई पनि यही सुविधा विस्तार गर्ने तयारी गरिएको छ। विशेषगरी त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयसँग पनि शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्‍याउने विषयमा छलफल भइरहेको जनाइएको छ।

    यसअघि नै हुलाक सेवाले राहदानी (पासपोर्ट)सम्बन्धित व्यक्तिको घर(घरमा पुर्‍याउने सेवा सुरु गरिसकेको छ। सो सेवा प्रभावकारी बन्दै गएपछि शैक्षिक प्रमाणपत्र वितरणमा समेत हुलाक सेवालाई प्रयोग गर्न लागिएको हो।सरकारले सार्वजनिक सेवालाई थप प्रविधिमैत्री, सहज र नागरिकमैत्री बनाउने नीति अनुरूप हुलाक सेवामार्फत शैक्षिक प्रमाणपत्र वितरणको व्यवस्था गर्न लागिएको बताइएको छ।

    प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - ११:१४:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको