Logo

मंगलवार, श्रावण १२ गते २०८३

रास्वपालाई सुझाव दिनु नैतिक दायित्व हो : पूर्वप्रधानमन्त्री भट्टराई

रास्वपालाई सुझाव दिनु नैतिक दायित्व हो : पूर्वप्रधानमन्त्री भट्टराई

जोईन खबर

१०, आषाढ २०८३
  • 247
    SHARES
  • रास्वपालाई सुझाव दिनु नैतिक दायित्व हो : पूर्वप्रधानमन्त्री भट्टराई

    १० असार काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा आफूले व्यक्त गरेका विचारलाई लिएर विभिन्न कोणबाट आएका प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ।

    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नयाँ अग्रगामी विचारसहितको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरी आफू नयाँ राजनीतिक अभियानमा सक्रिय रहेको उल्लेख गर्नुभयो। सोही कारण नयाँ राजनीतिक दलहरूप्रति आफ्नो स्वाभाविक लगाव रहेको र रास्वपालाई सुझाव दिनु आफ्नो नैतिक दायित्व भएको उहाँको भनाइ छ।

    भट्टराईले देशमा नयाँ राजनीतिक शक्तिको उदयलाई लिएर पुराना राजनीतिक दल तथा शक्तिहरूले विभिन्न षड्यन्त्रका कथा बुनेर आत्मरति गरिरहेको टिप्पणी गर्नुभयो। उहाँले नयाँ पुस्ताका नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड दिँदै सत्तामा पुगेका युवाहरूबाट जटिल भूराजनीतिक अवस्था र कमजोर अर्थतन्त्रका कारण केही गल्ती वा कमजोरी हुन सक्ने बताउनुभयो।

    यद्यपि, ती कमजोरीका आधारमा मूसोलिनी वा हिटलरजस्ता अधिनायकवादी शासकको उदय हुने भन्दै अनावश्यक आतंक सिर्जना गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो। लोकतान्त्रिक अभ्यास र जनताको सचेतनाले यस्ता जोखिमलाई नियन्त्रण गर्न सक्ने उहाँको विश्वास छ।

    पूर्वप्रधानमन्त्री भट्टराईले आफू जीवनभर सत्य, न्याय र प्रगतिशील परिवर्तनका पक्षमा संघर्षरत रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सत्य र न्यायको पक्षमा निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    उहाँको अभिव्यक्तिपछि सामाजिक तथा राजनीतिक वृत्तमा समर्थन र आलोचनाका मिश्रित प्रतिक्रिया देखिएका छन्। केहीले नयाँ राजनीतिक शक्तिलाई दिएको सुझावलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले उहाँको भनाइप्रति असहमति जनाएका छन्।

    प्रकाशित मिति :आषाढ १०, २०८३ बुधवार - ११:५५:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको