Logo

मंगलवार, श्रावण १२ गते २०८३

महाधिवेशन लम्बिँदा रास्वपा प्रतिनिधि घर फर्किन थाले, पदाधिकारी निर्वाचन अन्योलमा

महाधिवेशन लम्बिँदा रास्वपा प्रतिनिधि घर फर्किन थाले, पदाधिकारी निर्वाचन अन्योलमा

जोईन खबर

११, आषाढ २०८३
  • 310
    SHARES
  • महाधिवेशन लम्बिँदा रास्वपा प्रतिनिधि घर फर्किन थाले, पदाधिकारी निर्वाचन अन्योलमा

    ११ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरू धमाधम घर फर्किन थालेका छन्। केन्द्रीय सदस्य पदका लागि मतदान गरेलगत्तै धेरै प्रतिनिधि चितवनबाट आफ्नो गृहजिल्लातर्फ फर्कन थालेका हुन्।मंगलबार सम्पन्न गर्ने गरी तय गरिएको महाधिवेशनको कार्यतालिका थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरूमा असन्तुष्टि देखिएको छ।

    images

    निर्धारित समयभन्दा महाधिवेशन लम्बिँदा बसोबास, समय व्यवस्थापन तथा अन्य व्यक्तिगत कारणले धेरै प्रतिनिधि घर फर्किन बाध्य भएको बताइएको छ।बुधबार मध्यरातिदेखि ९९ सदस्यीय केन्द्रीय समितिका लागि मतदान जारी रहेको छ। मतदान बिहीबार दिउँसोसम्म जारी रहने अनुमान गरिएको छ। रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिने व्यवस्था छ।तर, दोस्रो चरणको निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नभएको र मतदान कहिले हुने भन्ने अन्योल कायम रहेकाले प्रतिनिधिहरू प्रतीक्षा नगरी फर्कन थालेका छन्।

    गण्डकी प्रदेशबाट महाधिवेशनमा सहभागी एक प्रतिनिधिले भने, ूपदाधिकारीको चुनाव जे सुकै होस्, म अब फर्किन लागेँ।ू उनले लामो समयसम्म महाधिवेशन लम्बिँदा थप बस्न कठिन भएको बताए।महाधिवेशन निर्धारित समयभन्दा लम्बिएलगत्तै मंगलबारदेखि नै प्रतिनिधिहरू फर्कन थालेका थिए। भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका एक उम्मेदवारका अनुसार हालसम्म ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले चितवन छोडिसकेका छन्।

    यद्यपि, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको यकिन तथ्याङ्क भने सार्वजनिक गरिएको छैन। रास्वपाको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब ४ हजार १ सय प्रतिनिधि सहभागी रहेका छन्।यसबीच, निर्वाचन आयोगले पदाधिकारी पदका लागि हुने दोस्रो चरणको मतदानको कार्यतालिका हालसम्म सार्वजनिक नगरेकाले प्रतिनिधिहरू तथा उम्मेदवारहरू अन्योलमा परेका छन्। महाधिवेशन लम्बिँदै जाँदा नेतृत्व चयन प्रक्रिया र प्रतिनिधिहरूको सहभागितामा समेत प्रभाव पर्ने देखिएको छ।

    प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - १०:४५:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको