Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रदेश सभा खारेज गर्नु ठूलो भूल हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

प्रदेश सभा खारेज गर्नु ठूलो भूल हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जोईन खबर

११, आषाढ २०८३
  • 322
    SHARES
  • प्रदेश सभा खारेज गर्नु ठूलो भूल हुन्छ :   पूर्वप्रधानमन्त्री भट्टराई


    ११ असार काठमाडौँ ।  सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज गर्ने तथा संघीय संरचनामा व्यापक फेरबदल गर्ने निर्णय गरेको भए त्यो ठूलो भूल हुने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

    images

    रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनमा उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेश सभा खारेजी र स्थानीय तहको संख्या एकतिहाइले घटाउने प्रस्ताव अघि सारेपछि राजनीतिक वृत्तमा चर्चा र आलोचना भइरहेको छ। यसै सन्दर्भमा प्रतिक्रिया दिँदै भट्टराईले संघीयता कमजोर पार्ने कुनै पनि कदम गलत हुने बताएका हुन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले भने, “नयाँ सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ।”

    उनले रास्वपालाई संघीय संरचनामा हस्तक्षेप गर्नुको सट्टा सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्। भट्टराईले जनताले परिवर्तन र सुशासनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गर्दै पार्टीले त्यही दिशामा आफ्नो ऊर्जा केन्द्रित गर्नुपर्ने बताएका छन्।रास्वपाको महाधिवेशनमा प्रस्तुत संघीय संरचनासम्बन्धी प्रस्तावबारे विभिन्न राजनीतिक दल तथा विश्लेषकहरूले समेत मिश्रित प्रतिक्रिया जनाइरहेका छन्।

    प्रकाशित मिति :आषाढ ११, २०८३ बिहिवार - १०:५९:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको