Logo

मंगलवार, श्रावण १२ गते २०८३

महामन्त्री पदको उम्मेदवारीबाट पछि हटे कबिन्द्र बुर्लाकोटी

महामन्त्री पदको उम्मेदवारीबाट पछि हटे कबिन्द्र बुर्लाकोटी

जोईन खबर

१२, आषाढ २०८३
  • 598
    SHARES
  • महामन्त्री पदको उम्मेदवारीबाट पछि हटे कबिन्द्र बुर्लाकोटी

    १२ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत जारी केन्द्रीय पदाधिकारी निर्वाचनमा महामन्त्री पदका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    images

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुर्लाकोटीले पार्टीको हितलाई सर्वोच्च ठानेर उम्मेदवारी फिर्ता लिएको बताएका हुन्। उनले पार्टीभित्र समझदारी, सकारात्मक सोच तथा बृहत् एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यले आफूले उक्त निर्णय गरेको उल्लेख गरेका छन्।

    बुर्लाकोटीले पार्टी निर्माणका लागि निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै एउटा जिम्मेवारीका लागि धेरै साथीहरूसँग प्रतिस्पर्धा गर्नु आफ्नो प्राथमिकता नभएको बताएका छन्। उनले व्यक्तिगत स्वार्थ वा राजनीतिक भविष्यका लागि नभई राष्ट्र निर्माणका लागि पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गरेका छन्।राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने ठाउँमा हामी आफैं कमजोर हुने दिशामा जानु हुँदैन,उनले फेसबुकमा लेखेका छन्।

    उनले पार्टीको संस्थापक सदस्यका रूपमा करिब दुई वर्ष सहमहामन्त्री, एक वर्ष कार्यवाहक महामन्त्री तथा एक वर्ष महामन्त्रीको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टी निर्माणको अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    बुर्लाकोटीले सभापतिको नेतृत्वमा निर्वाचित हुने नयाँ केन्द्रीय समितिमार्फत पार्टी निर्माणका विशाल योजनाहरू कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।उनले आफ्नो सन्देशको अन्त्यमा ूसुशासन, समृद्धि, लोकतन्त्र र लोककल्याणकारी राज्यका लागिू भन्ने प्रतिबद्धतालाई पुनः दोहोराउँदै पार्टीको एकता र सुदृढीकरणमा निरन्तर लागिरहने बताएका छन्।

    प्रकाशित मिति :आषाढ १२, २०८३ शुक्रवार - १५:५८:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको