Logo

मंगलवार, श्रावण १२ गते २०८३

गृहमन्त्रीकै निर्देशनपछि चितवनमा सरकारी गाडीका काला स्टिकर हटाउन अभियान सुरु

गृहमन्त्रीकै निर्देशनपछि चितवनमा सरकारी गाडीका काला स्टिकर हटाउन अभियान सुरु

जोईन खबर

१७, आषाढ २०८३
  • 433
    SHARES
  • गृहमन्त्रीकै निर्देशनपछि चितवनमा सरकारी गाडीका काला स्टिकर हटाउन अभियान सुरु

    १७ असार काठमाडौँ । सरकारले गृहमन्त्री र गृहसचिवले प्रयोग गर्ने सवारीसाधनबाट समेत काला स्टिकर हटाउने निर्णयसँगै चितवनमा पनि सरकारी सवारीका सिसामा लगाइएका काला स्टिकर हटाउने अभियान सुरु गरिएको छ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आजदेखि सरकारी कार्यालयका सवारीसाधनमा जडान गरिएका नियमविपरीतका काला स्टिकर हटाउने अभियान कार्यान्वयनमा ल्याएको जनाएको छ। अभियानअन्तर्गत सरकारी नम्बर प्लेट भएका सवारीसाधनको अनुगमन गरी सिसामा लगाइएका काला स्टिकर हटाउन थालिएको हो।

    ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था सम्बन्धी प्रचलित कानुनअनुसार सवारीसाधनका अगाडिका तथा छेउका सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै सबै सरकारी निकायलाई नियमको पालना गर्न आग्रह गरेको छ।

    प्रहरीका अनुसार अभियानको उद्देश्य कानुनको समान कार्यान्वयन, सवारीसाधनको पारदर्शिता, सुरक्षा तथा नागरिकको विश्वास अभिवृद्धि गर्नु हो। सरकारी सवारीसाधनबाटै नियम पालना गराउने उद्देश्यले अभियान सुरु गरिएको र आवश्यक परे अन्य सरकारी कार्यालयका सवारीमा पनि अनुगमनलाई तीव्र बनाइने जनाएको छ।

    गृहमन्त्रीको निर्देशनपछि गृह मन्त्रालयले सरकारी सवारीसाधनमा रहेका अनधिकृत काला स्टिकर हटाउने प्रक्रिया अघि बढाएको थियो। सोही निर्देशनअनुसार देशभरका ट्राफिक प्रहरी कार्यालयहरूले पनि क्रमशः अभियान सञ्चालन गरिरहेका छन्।

    चितवन ट्राफिक प्रहरीले सरकारी निकायलाई तोकिएको मापदण्डअनुसार मात्रै सवारी सञ्चालन गर्न आग्रह गर्दै नियमविपरीत काला स्टिकर प्रयोग नगर्न तथा अभियानमा सहयोग गर्न सबै सरोकारवालासँग अपिल गरेको छ।

    प्रकाशित मिति :आषाढ १७, २०८३ बुधवार - १०:२६:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको