Logo

मंगलवार, श्रावण १२ गते २०८३

गोरखामा लागुऔषध सेवन गरी सवारी चलाउने चालक र सहचालक पक्राउ, ६ दिनको म्याद थप 

गोरखामा लागुऔषध सेवन गरी सवारी चलाउने चालक र सहचालक पक्राउ, ६ दिनको म्याद थप 

जोईन खबर

२१, आषाढ २०८३
  • 322
    SHARES
  • गोरखामा लागुऔषध सेवन गरी सवारी चलाउने चालक र सहचालक पक्राउ, ६ दिनको म्याद थप 

    २१ असार काठमाडौँ । गोरखामा लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको अवस्थामा एक चालक र एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुक्त चेकिङ टोलीले विशेष सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    images

    प्रहरीका अनुसार असार ११ गते दिउँसो करिब २ः१५ बजे गोरखा नगरपालिका–४ ढुङ्गाडेस्थित गोरखा–आरुघाट सडक खण्डमा विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा लागूऔषध परीक्षण किटमार्फत गरिएको परीक्षणमा चालक र सहचालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–४ निवासी चालक रामबहादुर लामिछाने र गोरखा नगरपालिका–११ बाह्रकिलो निवासी सहचालक कुमार परियार रहेका छन्।

    प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति प्राप्त गरी उनीहरूलाई हिरासतमा राखिएको छ।

    सार्वजनिक यातायात सञ्चालन गर्ने चालक र सहचालक नै लागुऔषधको प्रभावमा भेटिएपछि यात्रु सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनापछि सार्वजनिक सवारी साधनमा लागुऔषध सेवन गरी सवारी सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध प्रहरीले निगरानी र चेकजाँचलाई अझ कडा बनाउने जनाएको छ।प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

    प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १०:१७:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको