Logo

मंगलवार, श्रावण १२ गते २०८३

मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा खानेपानी संकट, बालुवाटारमा बिहानैदेखि पानीका लागि लामो लाइन

मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा खानेपानी संकट, बालुवाटारमा बिहानैदेखि पानीका लागि लामो लाइन

जोईन खबर

२१, आषाढ २०८३
  • 343
    SHARES
  • मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा खानेपानी संकट, बालुवाटारमा बिहानैदेखि पानीका लागि लामो लाइन

    २१ असार काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट हुने पानी आपूर्ति अस्थायी रूपमा बन्द भएपछि काठमाडौं उपत्यकामा खानेपानीको अभाव चुलिएको छ। वर्षायाममा मेलम्ची सुरुङमा बाढी र लेदो पस्ने जोखिम बढेपछि आयोजनाले पानी आपूर्ति रोक्दा उपत्यकाका विभिन्न क्षेत्रमा खानेपानीको समस्या गहिरिएको हो।

    images

    आइतबार बिहान काठमाडौंको बालुवाटार क्षेत्रमा देखिएको दृश्यले उपत्यकामा खानेपानी संकटको वास्तविक अवस्था झल्काएको छ। धारामा पानी नआएपछि स्थानीयवासी बिहानैदेखि पानी भर्न लाइनमा बसेका थिए। धेरैले आवश्यक दैनिक उपभोगका लागि पानी जोहो गर्न घण्टौँसम्म पालो कुर्नुपरेको बताएका छन्।

    मेलम्चीको पानी बन्द भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणाली प्रभावित भएको छ। मेलम्चीबाट नियमित आपूर्ति नहुँदा वैकल्पिक स्रोतबाट सीमित मात्रामा पानी वितरण भइरहे पनि मागअनुसार आपूर्ति हुन नसकेको अवस्था छ।

    खानेपानी अभावका कारण बालुवाटार मात्र होइन, उपत्यकाका अन्य विभिन्न क्षेत्रमा पनि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ। ट्यांकरको पानीको माग बढेको छ भने कतिपय स्थानमा निजी पानी व्यवसायीसमक्ष पनि उपभोक्ताको भीड बढ्न थालेको छ।

    वर्षायामभरि सुरुङको सुरक्षा सुनिश्चित गर्न मेलम्चीको पानी आपूर्ति केही समयका लागि बन्द गरिने गरिएको छ। सम्बन्धित निकायले जोखिम कम भएपछि पुनः नियमित रूपमा पानी आपूर्ति सुरु गरिने जनाएको छ।यसबीच, काठमाडौंवासीले खानेपानीको दीर्घकालीन र भरपर्दो व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी विकल्प अघि सार्नुपर्ने माग गरेका छन्।

    प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १०:३७:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको