Logo

मंगलवार, श्रावण १२ गते २०८३

अमेरिका–इरान तनाव थप चर्कियो, इरानद्वारा अमेरिकी ड्रोन खसालेको दाबीस कुवेतमा पनि सुरक्षा सतर्कता

अमेरिका–इरान तनाव थप चर्कियो, इरानद्वारा अमेरिकी ड्रोन खसालेको दाबीस कुवेतमा पनि सुरक्षा सतर्कता

जोईन खबर

२४, आषाढ २०८३
  • 280
    SHARES
  • अमेरिका–इरान तनाव थप चर्कियो, इरानद्वारा अमेरिकी ड्रोन खसालेको दाबीस कुवेतमा पनि सुरक्षा सतर्कता

    २४ असार काठमाडौँ । पश्चिम एसियामा अमेरिका र इरानबीचको तनाव थप उग्र बन्दै गएको छ। अमेरिकाको पछिल्लो हवाई आक्रमणपछि इरानले अत्याधुनिक अमेरिकी एमक्यु–९ ड्रोन खसालेको दाबी गरेको छ भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।

    images

    इरानी समाचार एजेन्सी तस्निमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले बुशेहर प्रान्तको खोरमुज क्षेत्रमाथि उडिरहेको अमेरिकी एमक्यु–९ ड्रोनलाई इरानी वायु रक्षा प्रणालीले निशाना बनाएर खसालेको बताएका छन्। उनका अनुसार अमेरिकी हवाई अतिक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो। यद्यपि, अमेरिकी पक्षले यस दाबीको आधिकारिक पुष्टि गरेको छैन।

    यसैबीच, तनावको प्रभाव छिमेकी राष्ट्र कुवेतसम्म पुगेको जनाइएको छ। कुवेती सेनाले सम्भावित क्षेप्यास्त्र तथा ड्रोन खतराप्रति उच्च सतर्कता अपनाउँदै सुरक्षा प्रणाली सक्रिय बनाएको जनाएको छ। सरकारी समाचार एजेन्सी कुनाका अनुसार देशका विभिन्न क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो। सेनाले जारी गरेको विज्ञप्तिमा सुनिएका विस्फोटका आवाजहरू शत्रुपक्षका क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै निष्क्रिय पार्ने क्रममा आएको उल्लेख गरिएको छ। नागरिकलाई शान्त रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    तनावका बीच तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका उडानहरू पुनः सञ्चालनमा आएको इरानी सरकारी प्रसारक आइआरआईबीले जनाएको छ। स्थानीय समयअनुसार बिहान ५ बजेदेखि उडान तालिका सामान्य अवस्थामा फर्किएको बताइएको छ।यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको जनाएको थियो। अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक तेल ट्याङ्करमाथि भएको कथित आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको दाबी गरेको छ।

    उता, इरानले भने अमेरिकी आक्रमणलाई दुई देशबीचको युद्धविराम सम्झौताको खुला उल्लङ्घन भएको आरोप लगाउँदै त्यसको ूविनाशकारी जवाफू दिने चेतावनी दिएको छ।अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले पश्चिम एसियाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। दुवै पक्षका पछिल्ला गतिविधिले क्षेत्रीय द्वन्द्व अझै फैलिन सक्ने चिन्ता बढाएको छ। एजेन्सीबाट साभर

    प्रकाशित मिति :आषाढ २४, २०८३ बुधवार - ११:१७:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको