२५ असार काठमाडौँ । गाडी खरिद–बिक्रीको व्यवसायिक चिनजानबाट सुरु भएको सम्बन्ध अन्ततः करोडौं रुपैयाँको हनी ट्र्याप, ब्ल्याकमेलिङ र ठगी प्रकरणमा परिणत भएको आरोप सार्वजनिक भएको छ। अटो व्यवसायी कुमार चिमोरियाले आफू योजनाबद्ध रूपमा बिछ्याइएको जालमा फसेर ४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम गुमाउन पुगेको बताएका छन्।
अभियोगपत्रअनुसार २०७५ सालमा तुल्सा अधिकारीसँग व्यवसायिक चिनजान भएको थियो। चिनजान विस्तारै घनिष्ठ सम्बन्धमा परिणत भयो। पछि सोही सम्बन्धलाई आधार बनाएर ‘बलात्कार मुद्दामा फसाइदिन्छु’ भन्दै चिमोरियामाथि मानसिक दबाब, धम्की र ब्ल्याकमेलिङ सुरु गरिएको आरोप छ।
नाङ्गो भिडियो सार्वजनिक गरिदिन्छु’ भन्दै धम्की, तुल्सा अधिकारीको निर्देशनमा पैसा लिन पटक–पटक हाम्रो अटोमोबाइल्समा पुग्थिन् नेलिका लामिछाने भने ,अनुसन्धानमा चिमोरियाले सामाजिक प्रतिष्ठा जोगाउन नगद, सुनका गरगहना, मोबाइल, सवारी साधन, पसल सञ्चालन खर्च, घरभाडा तथा विद्यालय शुल्कसमेत तिर्न बाध्य भएको उल्लेख गरिएको छ। यसरी विभिन्न शीर्षकमा करोडौं रुपैयाँ असुली गरिएको दाबी गरिएको छ।
यसै प्रकरणमा नेलिका लामिछानेको भूमिका पनि अनुसन्धानबाट बाहिर आएको छ। सरकारी पक्षका अनुसार नेलिका मुख्य अभियुक्त तुल्सा अधिकारीकी निकट सहयोगी थिइन्। उनले चिमोरियाको कार्यालयमै पुगेर ‘तुल्सा दिदीले बलात्कार मुद्दा हाल्ने तयारी गर्नुभएको छ, मिलापत्र गरिहाल्नुस्’ भन्दै दबाब दिएको आरोप छ। अनुसन्धान फाइलमा त्यस्ता भेटघाट र कुराकानीका अडियो तथा भिडियो प्रमाणहरू समेत समावेश गरिएको बताइएको छ।
अनुसन्धानले नेलिकालाई समूहको ‘थ्रेट एजेन्ट’ तथा आर्थिक गतिविधि समन्वय गर्ने व्यक्तिका रूपमा चित्रण गरेको छ। उनको बैंक खातामा करोडौं रुपैयाँको कारोबार भएको, तुल्सा अधिकारीको खाताबाट लाखौं रुपैयाँ जम्मा भएको तथा वैध आम्दानीको स्रोत पुष्टि गर्न नसकिएको दाबी अभियोगपत्रमा गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले तुल्सा अधिकारीसहित नेलिका लामिछाने र अन्य प्रतिवादीविरुद्ध संगठित अपराध, ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेको छ।हाल यो मुद्दा अदालतमा विचाराधीन रहेकाले आरोपितहरूको दोष वा निर्दोषता अन्तिम रूपमा अदालतको फैसलाबाट मात्र टुंगो लाग्नेछ। ब्ल्याकमेलिङ गरेपछि यसरी नेलिकालाई पठाउँथिन् अटो व्यावसायिक कुमार चिमोरियालाई भेट्न तुलसा अधिकारीले