Logo

मंगलवार, श्रावण १२ गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, चालक गम्भीर घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, चालक गम्भीर घाइते

जोईन खबर

३, श्रावण २०८३
  • 268
    SHARES
  • मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, चालक गम्भीर घाइते

    ३ साउन काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै अाज बिहान दुईवटा यात्रुवाहक बस एकापसमा ठोक्किँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनापछि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ भने दुर्घटनाग्रस्त बसहरू हटाउने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

    images

    सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बसहरूलाई क्रेनको सहायताले सडकबाट हटाउने काम भइरहेको छ। सडक खुलाउने प्रयास भइरहेकाले सवारी चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रहरीका अनुसार दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०२–००१ ख ०५०५ नम्बरको बस र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको बस जलबीरे क्षेत्रमा एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा अर्को एक सवारीसाधनसमेत संलग्न भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि त्यसको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेहरूको संख्या र परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन। उनीहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा नारायणगढतर्फ आउँदै गरेको राजधानी एक्सप्रेस बसका चालक गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेकाले उपचार भइरहेको बताइएको छ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। दुर्घटनापछि सडकका दुवैतर्फ लामो सवारी जाम लागेको छ। बसहरू हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ३, २०८३ आइतवार - ०९:४१:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको