Logo

मंगलवार, श्रावण १२ गते २०८३

दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किए रवि लामिछाने, स्वर्णिमसँगको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिँदै

दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किए रवि लामिछाने, स्वर्णिमसँगको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिँदै

जोईन खबर

३, श्रावण २०८३
  • 280
    SHARES
  • दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किए रवि लामिछाने, स्वर्णिमसँगको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिँदै

    ३ साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्। पत्नी निकितासहित शनिबार रिसोर्ट पुगेका लामिछाने केहीबेरअघि त्यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेको सुरक्षा स्रोतले जनाएको छ।

    images

    रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि शनिबार उक्त रिसोर्ट पुगेका थिए। स्रोतका अनुसार वाग्ले भने केहीबेरपछि काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

    शनिबार दिउँसो करिब ३ बजे अर्थमन्त्री वाग्ले रिसोर्ट प्रवेश गरेका थिए भने त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। उनीहरू वाग्लेकै लगानी रहेको निजी भिल्लामा बसेका थिए।

    लामिछाने र वाग्लेको यो भेट पछिल्लो समय सरकार र पार्टीबीचको समन्वय, नेतृत्वको रणनीति तथा समसामयिक राजनीतिक विषयमा विभिन्न चर्चा भइरहेका बेला भएको हो। त्यसैले उनीहरूको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    यद्यपि, भेटका क्रममा कुन–कुन विषयमा छलफल भयो भन्नेबारे रास्वपाले औपचारिक रूपमा कुनै जानकारी दिएको छैन। पार्टीका तर्फबाट पनि यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।

    सरकार र पार्टीबीचको सम्बन्ध, आगामी राजनीतिक रणनीति तथा समसामयिक विषयमा छलफल भएको हुन सक्ने अनुमान भइरहेका बेला लामिछाने र वाग्लेको रिसोर्ट भेटले राजनीतिक वृत्तमा थप चासो उत्पन्न गरेको छ।

    प्रकाशित मिति :श्रावण ३, २०८३ आइतवार - १७:३८:०६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको