Logo

मंगलवार, श्रावण १२ गते २०८३

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

जोईन खबर

४, श्रावण २०८३
  • 394
    SHARES
  • कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

    ४ साउन काठमाडौँ । कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएपछि खोजी कार्य तीव्र पारिएको छ। भीमदत्त नगरपालिका–१९, बागफाँटाका ती महिलाहरू आइतबारदेखि परिवार र स्थानीयसँग सम्पर्कविहीन भएका हुन्।

    images

    स्थानीयका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य र स्थानीयवासी चिन्तित बनेका छन्।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निकुञ्ज प्रशासन तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सुरु गरेको छ। निकुञ्जभित्रका विभिन्न सम्भावित क्षेत्रमा खोजी कार्य जारी रहेको जनाइएको छ।

    निकुञ्ज क्षेत्र घना जंगल र वन्यजन्तुको बासस्थान भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। यद्यपि सम्पर्कविहीन महिलाहरूको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।

    स्थानीय प्रशासनले खोजी अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको जनाएको छ। साथै, जंगल वा निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा सम्बन्धित निकायको अनुमति लिने, समूहमा जाने तथा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।सम्पर्कविहीन महिलाहरूको सकुशल उद्धारको अपेक्षासहित खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ४, २०८३ सोमवार - ११:०५:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको