Logo

मंगलवार, श्रावण १२ गते २०८३

भक्तपुरको घ्याम्पेडाँडामा सामूहिक कुटाकुटपछि युवकको मृत्यु, घटनामा संलग्नको खोजी तीव्र

भक्तपुरको घ्याम्पेडाँडामा सामूहिक कुटाकुटपछि युवकको मृत्यु, घटनामा संलग्नको खोजी तीव्र

जोईन खबर

५, श्रावण २०८३
  • 433
    SHARES
  • भक्तपुरको घ्याम्पेडाँडामा सामूहिक कुटाकुटपछि युवकको मृत्यु, घटनामा संलग्नको खोजी तीव्र

    ५ साउन काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित घ्याम्पेडाँडामा रहेको एक होटलमा भएको सामूहिक कुटाकुटको घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की रहेका छन्।

    images

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार साउन ४ गते बिहान राज कार्की आफ्ना साथीहरूसँग विश्वकप फुटबलको फाइनल खेल हेर्न घ्याम्पेडाँडास्थित थ्री इडिएट्स होटल पुगेका थिए। खेल हेर्ने क्रममा होटलभित्र सामान्य विवाद सुरु भएपछि अवस्था तनावग्रस्त बनेको र त्यसपछि ३–४ वटा समूहबीच कुटाकुट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    कुटपिटबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

    घटनापछि प्रहरी वृत्त जगातीले अनुसन्धानलाई तीव्र बनाएको छ। हालसम्म घटनासँग सम्बन्धित करिब ३० जनासँग सोधपुछ गरिएको भए पनि कुटपिटमा प्रत्यक्ष संलग्न व्यक्तिहरू अझै पक्राउ परेका छैनन्। उनीहरूको खोजी तथा घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृतक कार्कीको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ। प्रारम्भिक रूपमा उनको शरीरमा बाहिरी चोटपटक स्पष्ट रूपमा नदेखिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताइएको छ।

    प्रहरीले घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने होटल तथा सार्वजनिक स्थलमा हुने सामूहिक झडपप्रति सुरक्षा निकायले थप निगरानी बढाउने तयारी गरेको छ।

    प्रकाशित मिति :श्रावण ५, २०८३ मंगलवार - १५:५४:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको