Logo

बुधवार, श्रावण १३ गते २०८३

निर्वाचनमा पर्यवेक्षक हुन चाहनेले अनलाइनबाट आवेदन दिन सक्ने, आवेदन मिति र तरिकासहित

निर्वाचनमा पर्यवेक्षक हुन चाहनेले अनलाइनबाट आवेदन दिन सक्ने, आवेदन मिति र तरिकासहित

जोईन खबर

१५, चैत्र २०७८
  • 790
    SHARES
  • निर्वाचनमा पर्यवेक्षक हुन चाहनेले अनलाइनबाट आवेदन दिन सक्ने, आवेदन मिति र तरिकासहित

    काठमाडौं । निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

    images

    विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने आयोगले जनाएको छ । इच्छुकले चैत २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ ।

    पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयोगमा रहेको निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड प्राप्त गर्नुपर्ने बताइएकाे छ ।

    युजरनेम र पासवर्ड प्राप्त गर्न पर्यवेक्षण गर्न चाहने संस्थाले संस्थाको आधिकारिक पत्र आयोगको ईमेल ठेगानामा पठाउनु पर्नेछ । उक्त पत्रको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

    संस्थाले आयोगमा पेश गरेको पत्रमा उल्लेख गरिएको आधिकारिक ईमेलमा निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड पठाइने आयोगले जनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १३:४८:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको