Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

जोईन खबर

७, श्रावण २०८३
  • 331
    SHARES
  • नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

    ७ साउन काठमाडाैँ ।  लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले बाँकेको नेपालगञ्जबाट ४०० ग्राम खैरो हेरोइनसहित दुई महिलालाई पक्राउ गरेको जनाएको छ। ब्यूरोका अनुसार आर्थिक वर्ष २०८३/८४ अन्तर्गत जारी गरिएको प्रेस विज्ञप्ति नं. ४५७ अनुसार साउन ६ गते लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१८ क्षेत्रमा लागू औषधको खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा छापा मार्दा दुई महिलालाई पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निवासी ३२ वर्षीया ललिता बुढाथोकी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी २४ वर्षीया निशा मगर रहेका छन्।प्रहरीले उनीहरूको साथबाट ४०० ग्राम खैरो हेरोइन तथा ३ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

    पक्राउ परेका दुवै जनालाई बरामद लागू औषध र अन्य सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।ब्यूरोका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    677486a3-0bc1-45a1-b7c7-4c3140d2879d.jfif

    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - ०९:५४:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको