Logo

मंगलवार, श्रावण १२ गते २०८३

गोरखाको कटुसघारीमा पहिरो, गोरखा–घ्याम्पेशाल सडक अवरुद्ध

गोरखाको कटुसघारीमा पहिरो, गोरखा–घ्याम्पेशाल सडक अवरुद्ध

जोईन खबर

७, श्रावण २०८३
  • 202
    SHARES
  • गोरखाको कटुसघारीमा पहिरो, गोरखा–घ्याम्पेशाल सडक अवरुद्ध

    ७ साउन काठमाडौँ । गोरखा जिल्लाको कटुसघारी क्षेत्रमा आज पहिरो खस्दा गोरखा सदरमुकाम–ताप्ले–घ्याम्पेशाल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    images

    निरन्तर वर्षापछि सडकमाथिबाट खसेको पहिरोका कारण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरोका कारण उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा स्थानीय बासिन्दा प्रभावित भएका छन्।

    सम्बन्धित निकायले पहिरो हटाउने तयारी गरिरहेको जनाएको छ। पहिरो पूर्ण रूपमा हटाएपछि मात्रै सडक पुनः सञ्चालनमा आउने बताइएको छ। प्रहरी तथा स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १०:०२:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको