Logo

मंगलवार, श्रावण १२ गते २०८३

सिरहाको लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, ६ जना नियन्त्रणमा, दुई घाइते

सिरहाको लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, ६ जना नियन्त्रणमा, दुई घाइते

जोईन खबर

७, श्रावण २०८३
  • 337
    SHARES
  • सिरहाको लहानमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार, ६ जना नियन्त्रणमा, दुई घाइते

    ७ साउन लहान, सिरहा, । सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गर्दा दुई जना घाइते भएका छन्। घटनामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    बिहीबार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रतिरोध भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

    प्रहरीको गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। घाइते दुवै जनालाई तत्काल उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

    लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको पूर्ण परिचय खुलाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य जारी रहेको उनले जानकारी दिए।

    घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ। बरामद लागूऔषध, पक्राउ परेकाहरूको परिचय तथा घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १८:०२:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको