Logo

मंगलवार, श्रावण १२ गते २०८३

रसुवामा त्रिशूली नदीमा खस्यो ‘अन टेस्ट’ ईभी भ्यान, चालक बेपत्ता

रसुवामा त्रिशूली नदीमा खस्यो ‘अन टेस्ट’ ईभी भ्यान, चालक बेपत्ता

जोईन खबर

१०, श्रावण २०८३
  • 265
    SHARES
  • रसुवामा त्रिशूली नदीमा खस्यो ‘अन टेस्ट’ ईभी भ्यान, चालक बेपत्ता

    १० साउन काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुलस्थित पासाङल्हामु राजमार्गमा शनिबार साँझ एउटा ‘अन टेस्ट’ (दर्ता नभएको) विद्युतीय भ्यान (ईभी) त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। दुर्घटनामा चालक पनि बेपत्ता भएका छन्।

    images

    प्रहरीका अनुसार स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको उक्त भ्यान शनिबार साँझ करिब ५:४५ बजे एक्कासी सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेको हो। नदीमा खसेपछि गाडी बगेर बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परेका चालकको पहिचान अझै खुल्न सकेको छैन। गाडीमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषयमा पनि यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको छ। नदीको तीव्र बहावका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। आइतबार बिहानदेखि थप सुरक्षाकर्मी र आवश्यक उपकरण परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइने प्रहरीले जनाएको छ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १०, २०८३ आइतवार - १०:३४:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको