१२ साउन काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोलास्थित मुग्लिन नजिक सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा दुईतर्फी अवरुद्ध भएको छ।
पहिरो पन्छाउन घटनास्थलमा दुईवटा मेसिन परिचालन गरी काम भइरहेको छ भने थप एउटा मेसिन पनि पुग्ने क्रममा रहेको छ। थप पहिरो नखसेमा करिब १–२ घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको सम्बन्धित निकायले जनाएको छ।
पहिरोका कारण बाटोमा रोकिएका सम्पूर्ण यात्रु तथा सवारी चालकलाई धैर्यपूर्वक प्रतीक्षा गरिदिन सम्बन्धित निकायले अनुरोध गरेको छ।