Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखामा पहिरोले तीनतले पक्की घर बगायो, एक घाइते

गोरखामा पहिरोले तीनतले पक्की घर बगायो, एक घाइते

जोईन खबर

१८, श्रावण २०८३
  • 280
    SHARES
  • गोरखामा पहिरोले तीनतले पक्की घर बगायो, एक घाइते

    १८ साउन काठमाडौँ। अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा एक तीनतले पक्की घर बगाउँदा पूर्ण रूपमा ध्वस्त भएको छ। घटनामा एक जना घाइते भएका छन् भने अर्को एक पक्की घरमा आंशिक क्षति पुगेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार आइतबार बिहान स्थानीय मानसिंह गुरुङको तीनतले पक्की घर पहिरोले जगबाटै बगाएको हो। पहिरोसँगै करिब २० मिटर तल खसेको उक्त घर पूर्ण रूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    घर बग्ने क्रममा घरभित्र रहेका रौतहटको कटहरिया नगरपालिका–७ निवासी ५८ वर्षीय टोखान महतो घाइते भएका छन्। उनलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    पहिरोका कारण घटनास्थल नजिकै रहेको अर्को एक पक्की घरमा पनि आंशिक क्षति पुगेको छ। थप जोखिमको आकलन गर्दै सुरक्षाकर्मीले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

    प्रहरीका अनुसार घटनास्थलमा सुरक्षा टोली परिचालन गरिएको छ। टोलीले थप क्षतिको विवरण संकलन, जोखिमको मूल्याङ्कन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    निरन्तर वर्षा भइरहेकाले गोरखासहित पहाडी जिल्लाहरूमा पहिरोको जोखिम उच्च रहेकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन र सुरक्षा निकायले आग्रह गरेका छन्।

    प्रकाशित मिति :श्रावण १८, २०८३ सोमवार - १३:०८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको