Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेपाली कांग्रेस थापा र देउवा पक्षसँग निरन्तर संवाद भइरहेको छ, सहकार्यको वातावरण बन्दै गएको छ : नेकपाका संयोजक प्रचण्ड

नेपाली कांग्रेस थापा र देउवा पक्षसँग निरन्तर संवाद भइरहेको छ, सहकार्यको वातावरण बन्दै गएको छ : नेकपाका संयोजक प्रचण्ड

जोईन खबर

१९, श्रावण २०८३
  • 337
    SHARES
  • नेपाली कांग्रेस थापा र देउवा पक्षसँग निरन्तर संवाद भइरहेको छ, सहकार्यको वातावरण बन्दै गएको छ  : नेकपाका संयोजक प्रचण्ड


    १९ साउन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपाका संयोजक) पुष्पकमल दाहाल ‘प्रचण्डले नेपाली कांग्रेसभित्रको सभापति गगन थापा पक्ष र सभापति शेरबहादुर देउवा पक्षसँग निरन्तर संवाद भइरहेको बताएका छन्। उनले दुवै पक्षसँग सहकार्यको वातावरण बन्दै गएको दाबी गर्दै यही प्रक्रियाबाट नयाँ राजनीतिक इतिहास बन्न सक्ने बताएका हुन्।

    images

    प्रचण्डले पछिल्लो समय कांग्रेसका विभिन्न नेतृत्व तहसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा सहकार्य र समझदारीको आवश्यकता बढ्दै गएको बताए।

    images
    images
    images

    उनका अनुसार कांग्रेसभित्रको गगन थापा नेतृत्वको समूह तथा सभापति देउवा पक्षसँग भएका संवाद सकारात्मक दिशामा अघि बढिरहेका छन्। उनले राजनीतिक दलहरूबीच सहकार्यको वातावरण निर्माण हुनु लोकतन्त्र र राजनीतिक स्थायित्वका लागि आवश्यक रहेको धारणा व्यक्त गरे।

    प्रचण्डले भने, “गगन थापाको नेतृत्वको कांग्रेस र देउवा पक्षसँग लगातार संवाद भइरहेको छ। सहकार्यको वातावरण बन्दै गएको छ र यसरी नै इतिहास बन्छ।”

    उनले मुलुकका सामु देखिएका राजनीतिक, आर्थिक तथा सुशासनका चुनौती समाधान गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र साझा समझदारी आवश्यक रहेको पनि बताए।

    प्रचण्डको यो अभिव्यक्तिलाई पछिल्लो समय बदलिँदो राजनीतिक समीकरण र दलहरूबीच बढ्दो संवादसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, कांग्रेस वा माओवादी केन्द्रका तर्फबाट कुनै औपचारिक सहकार्य वा नयाँ राजनीतिक समीकरणबारे निर्णय भने सार्वजनिक भएको छैन।

    प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - ११:१९:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको