Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दूतावासद्वारा शव व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दूतावासद्वारा शव व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

जोईन खबर

१९, श्रावण २०८३
  • 700
    SHARES
  • रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दूतावासद्वारा शव व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

    १९ साउन काठमाडौं । युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुपाल्चोक र चितवनका दुई युवाको ज्यान गएको हो। मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ निवासी ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२० निवासी २५ वर्षीय निश्चल तामाङ रहेका छन्।

    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना आइतबार बिहान स्थानीय समयअनुसार ३ः२१ बजे रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर उत्तरपूर्वमा रहेको बाकाउ सहरको चिमिई रेलमार्गमा भएको हो। रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

    images
    images
    images

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ बाकाउ इन्स्पेक्टोरेट फर इमर्जेन्सी सिचुएशन्स, मोबाइल सघन उपचार इकाइ (एमआईसीयू) तथा एम्बुलेन्ससहितको उद्धार टोली घटनास्थल पुगेको थियो। चिकित्सकहरूले घटनास्थलमै दुवै जनालाई मृत घोषणा गरेका थिए।

    हाल दुवै मृतकको शव बाकाउस्थित अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।उता, रोमानियाका लागि समेत मान्यता प्राप्त जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेको छ। दूतावासले मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकेको तथा स्थानीय प्रशासनसँग समन्वय गरी शव व्यवस्थापन, आवश्यक कानुनी प्रक्रिया तथा कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

    विदेशमा नेपाली नागरिकको ज्यान जाने अर्को दुःखद घटनापछि मृतकका परिवार शोकमा डुबेका छन्। दूतावासले आवश्यक प्रक्रिया पूरा भएपछि शव स्वदेश पठाउने वा परिवारको इच्छाअनुसार व्यवस्थापन गर्ने विषयमा समन्वय भइरहेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण १९, २०८३ मंगलवार - ११:२६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको