Logo

मंगलवार, कार्तिक ११ गते २०८३

थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान खोजिएको ५.५ केजी थाई गाँजासहित दुई भारतीय पक्राउ, भारतीय नम्बर प्लेटको गाडी बरामद

थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान खोजिएको ५.५ केजी थाई गाँजासहित दुई भारतीय पक्राउ, भारतीय नम्बर प्लेटको गाडी बरामद

जोईन खबर

२१, श्रावण २०८३
  • 286
    SHARES
  • थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान खोजिएको ५.५ केजी थाई गाँजासहित दुई भारतीय पक्राउ, भारतीय नम्बर प्लेटको गाडी बरामद

     

    images

    २१ साउन काठमाडौँ ।  लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट नेपाल हुँदै भारततर्फ ओसारपसार गर्न लागिएको ५ केजी ५०० ग्राम थाई गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको गाडी, मोबाइल फोन, राहदानी (पासपोर्ट) लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ।

    images
    images
    images

    ब्युरोका अनुसार काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क क्षेत्रमा उच्च जोखिमयुक्त स्थानमा निगरानी गर्ने क्रममा दुई भारतीय नागरिक शंकास्पद अवस्थामा सुटकेससहित उभिरहेको देखिएपछि प्रहरीले उनीहरूलाई जाँच गरेको थियो। जाँचका क्रममा रेन्कु मेहेनले बोकेको सुटकेसभित्र लुकाएर राखिएको ५ केजी थाई गाँजा बरामद गरिएको हो।

    प्रारम्भिक अनुसन्धानबाट रेन्कु मेहेन सोही दिन थाइल्यान्डबाट काठमाडौं आएको खुलेको छ। साथै पक्राउ परेका मोहम्मद हसनैन सहित अन्य तीन जना उक्त गाँजा लिन भारतबाट नेपाल आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    अनुसन्धानलाई थप विस्तार गर्ने क्रममा प्रहरीले उत्तर प्रदेश दर्ताको UP 38 AP 1973 नम्बरको भारतीय गाडी धादिङको धुनीबेँसी नगरपालिका–९ कानाकाटस्थित पृथ्वी राजमार्ग छेउमा बेवारिसे अवस्थामा फेला पारेको थियो। गाडी खानतलासी गर्दा पछाडिको सिटमुनि लुकाएर राखिएको थप ५०० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको गाडी, दुई थान मोबाइल फोन, राहदानी (पासपोर्ट) लगायतका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएको छ।

    अनुसन्धानका क्रममा फरार रहेका साहादत खान ले थाइल्यान्डबाट गाँजा पठाउने सम्पूर्ण व्यवस्था मिलाएको र उनी पक्राउ परेका रेन्कु मेहेनका आफ्नै दाजुभाइ रहेको खुलेको प्रहरीले जनाएको छ। साथै यही गाडी यसअघि पनि कम्तीमा दुई पटक नेपाल प्रवेश गरी थाई गाँजा भारततर्फ तस्करी गर्न प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

    घटनामा संलग्न फरार रहेका अन्य दुई जनाको खोजी कार्य तीव्र रूपमा जारी रहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोले लागू औषधको अन्तरदेशीय तस्करी नियन्त्रणका लागि निगरानी तथा अनुसन्धानलाई थप सुदृढ बनाइएको पनि जनाएको छ।

    प्रकाशित मिति :श्रावण २१, २०८३ बिहिवार - १८:०१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको