Logo

मंगलवार, कार्तिक ११ गते २०८३

 अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

 अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

जोईन खबर

२७, श्रावण २०८३
  • 277
    SHARES
  •  अभद्र शब्द प्रयोग गरेको आरोपमा रास्वपा नेता यादव पक्राउ

    २७ साउन काठमाडौँ। सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय रौतहटले गरुडा नगरपालिकाका रास्वपा सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको आरोपमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

    प्रहरीका अनुसार यादवमाथि परेको उजुरी र सामाजिक सञ्जालमा गरिएको भनिएको गतिविधिबारे आवश्यक अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि घटनाबारे थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २७, २०८३ बुधवार - १२:२७:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको