Logo

शुक्रवार, भाद्र २६ गते २०८३

भोटेकोसी बाढी प्रभावित नुवाकोट–रसुवामा वाईसिएलको रातदिन उद्धार निरान्तर,६०० जना स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन

भोटेकोसी बाढी प्रभावित नुवाकोट–रसुवामा वाईसिएलको रातदिन उद्धार निरान्तर,६०० जना स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन

जोईन खबर

१२, भाद्र २०८३
  • 1.1K
    SHARES
  • भोटेकोसी बाढी प्रभावित नुवाकोट–रसुवामा  वाईसिएलको रातदिन उद्धार निरान्तर,६०० जना स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन

    १२ भदौ काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली कम्युनिस्ट पार्टी र वाईसिएल नेपालले व्यापक उद्धार तथा राहत अभियान सञ्चालन गरेको छ।

    images

    बाढीबाट प्रभावित त्रिशूली, विदुरलगायतका क्षेत्रमा उद्धार, राहत, उपचार तथा भौतिक क्षतिको अवस्था बुझ्न नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा पूर्व अर्थमन्त्री मा। वर्षमान पुन ‘अनन्त’, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा संघीय सांसद मा। युवराज दुलाल, मा। बिमला सुबेदी तथा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीको नेतृत्वमा वाईसिएलसहितको टोली प्रभावित क्षेत्रमा पुगेको हो।

    उद्धार तथा राहत अभियानमा करिब ६०० जना स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको बताइएको छ। टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर घाइते तथा बिरामीको तत्काल उपचार, जोखिममा रहेका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणका लागि स्थानीय तह, सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ।

    टोलीले गृह मन्त्रालय तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वय गर्दै उद्धार तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको छ। बाढीका कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने, उद्धार आवश्यक रहेका स्थान पहिचान गर्ने तथा बेपत्ता नागरिकको खोजी कार्यलाई प्राथमिकतामा राखिएको टोलीले जनाएको छ।

    वाईसिएल नेपालका स्वयंसेवकहरू रातदिन प्रभावित क्षेत्रमा खटिएर उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन्। उनीहरूले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, आवश्यक राहत सामग्री पुर्‍याउने तथा स्थानीयस्तरमा आवश्यक सहयोग उपलब्ध गराउने कार्य गरिरहेका छन्।

    बाढीका कारण भएको मानवीय क्षतिसँगै घर तथा भवन, सडक, पुललगायतका भौतिक संरचनामा पुगेको क्षतिको अवस्थासमेत टोलीले स्थलगत रूपमा निरीक्षण गरिरहेको छ। क्षतिको वास्तविक अवस्था पहिचान गरी थप उद्धार तथा राहतका लागि आवश्यक योजना बनाउन स्थलगत निरीक्षणलाई महत्वपूर्ण मानिएको छ।

    उद्धार तथा राहत अभियानमा खटिएको टोली केही दिन प्रभावित क्षेत्रमा नै बसेर स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै आवश्यक सहयोग जारी राख्ने बताइएको छ।

    विपद्को कठिन अवस्थामा राजनीतिक दल, युवा स्वयंसेवक, स्वास्थ्यकर्मी तथा स्थानीय समुदाय एकजुट भएर उद्धार र राहतमा परिचालित हुँदा प्रभावित नागरिकलाई तत्काल सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा तत्काल राहतलाई प्राथमिकतामा राख्दै उद्धार अभियानलाई निरन्तरता दिइने वाईसिएल नेपालले जनाएको छ। टोलीले विपद्को अवस्था सामान्य नहुँदासम्म आवश्यकताअनुसार स्वयंसेवक तथा स्वास्थ्यकर्मी परिचालन गरी प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    842db7bb-e2e1-4d62-beac-583c77263776.jpg

    प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १९:३९:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको