Logo

मंगलवार, कार्तिक ११ गते २०८३

घर फर्किन झोला प्याक गरेका आयुषलाई बाढीले घर पुग्न दिएन, चितवनमा भेटियो शव

घर फर्किन झोला प्याक गरेका आयुषलाई बाढीले घर पुग्न दिएन, चितवनमा भेटियो शव

जोईन खबर

१५, भाद्र २०८३
  • 295
    SHARES
  • घर फर्किन झोला प्याक गरेका आयुषलाई बाढीले घर पुग्न दिएन, चितवनमा भेटियो शव

    १५ भदौ काठमाडौँ । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर पहिलो पोस्टिङका रूपमा रसुवाको टिमुरे पुगेका आयुष खड्का घर फर्किन नपाउँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको भेलमा परेका छन्। बाढीमा बेपत्ता भएका उनको शव केही दिनपछि चितवनमा भेटिएको छ।

    images

    सल्यान घर भएका आयुषले घर फर्किने अघिल्लो दिन नै आफ्नो झोला प्याक गरिसकेका थिए। घर जाने तयारीमा रहेका उनी भोलिपल्टै भोटेकोशीमा आएको बाढीमा परेपछि परिवारले उनको अवस्थाबारे कुनै खबर पाउन सकेको थिएन।

    images
    images
    images

    बाढीपछि खोजीका क्रममा चितवनमा उनको शव फेला परेको हो। घर फर्किने तयारीमा रहेका आयुषको यात्रा अन्ततः कहिल्यै घर नपुगी टुंगिएको छ।

    उनको शवको पहिचान भएपछि परिवारमा थप पीडा थपिएको छ। आयुषको देवघाटमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।

    प्रकाशित मिति :भाद्र १५, २०८३ सोमवार - १५:१३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको