Logo

शुक्रवार, भाद्र २६ गते २०८३

सरकारको विरोध गरेपछि जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा

सरकारको विरोध गरेपछि जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा

जोईन खबर

२३, भाद्र २०८३
  • 337
    SHARES
  • सरकारको विरोध गरेपछि जेनजी आन्दोलनका घाइते पवन खड्का प्रहरी नियन्त्रणमा

    २३ भदौ काठमाडौं — सरकारको विरोध गर्दै कार्यक्रममा आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।

    images

    नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा खड्काले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध जनाएका थिए।

    सरकारले आन्दोलनका घाइते तथा प्रभावितका सवालमा पर्याप्त ध्यान नदिएको भन्दै उनले कार्यक्रममा आफ्नो धारणा राख्न खोजेका थिए। आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध गरेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

    खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्। आन्दोलनका घाइते तथा प्रभावितका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै उनले मन्त्रीहरू सहभागी कार्यक्रममै आवाज उठाएका थिए। खड्कालाई नियन्त्रणमा लिएपछि घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

    प्रकाशित मिति :भाद्र २३, २०८३ मंगलवार - १५:१६:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको