Logo

शुक्रवार, भाद्र २६ गते २०८३

 सभापति रवि लामिछानेले आज संसदमा सम्बोधन गर्दै, भोटेकोशी बाढीपीडितको खोजी–उद्धार र राहतबारे उठाउने विषय

 सभापति रवि लामिछानेले आज संसदमा सम्बोधन गर्दै, भोटेकोशी बाढीपीडितको खोजी–उद्धार र राहतबारे उठाउने विषय

जोईन खबर

२४, भाद्र २०८३
  • 211
    SHARES
  •  सभापति रवि लामिछानेले आज संसदमा सम्बोधन गर्दै, भोटेकोशी बाढीपीडितको खोजी–उद्धार र राहतबारे उठाउने विषय

    २४ भदौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, पुनर्स्थापना तथा राहत वितरणका विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

    images

    रास्वपाका एक सांसदका अनुसार लामिछानेले बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी र उद्धारलाई प्रभावकारी बनाउनुपर्ने विषयसँगै पीडितलाई राहत तथा पुनर्स्थापनाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नेछन्। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्।

    यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ पनि सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा रास्वपा सभापति लामिछानेको सम्बोधनलाई भने विशेष चासोका साथ हेरिएको छ।

    प्रकाशित मिति :भाद्र २४, २०८३ बुधवार - १०:१३:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको