Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी हुन्नँ : नेता शेखर कोइराला

एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी हुन्नँ : नेता शेखर कोइराला

जोईन खबर

२८, भाद्र २०८३
  • 388
    SHARES
  • एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी हुन्नँ  : नेता शेखर कोइराला

    २८ भदौ काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम नभएसम्म संस्थापन वा इतर समूहले आयोजना गर्ने कुनै पनि महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्। उनले पार्टी विभाजनको अवस्थामा महाधिवेशनमा जानुभन्दा एकताको सन्देशसहित देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।

    images

    पार्टीका दुई समूहबाट छुट्टाछुट्टै महाधिवेशनका कार्यतालिका सार्वजनिक भएपछि आफूलाई भेट्न आउने नेता–कार्यकर्ताले कुन महाधिवेशनमा सहभागी हुने भनेर सोध्ने गरेको र त्यस क्रममा कोइरालाले एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने स्पष्ट पार्ने गरेका छन्।

    images
    images
    images

    कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा कोइराला सहभागी नहुने बताए। ‘उहाँ पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी हुनुहुन्न,’ थपलियाले भने, ‘पार्टी एकताका लागि देशभर अभियान चलाउनुहुन्छ।’

    थपलियाका अनुसार कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास गर्ने बताएका छन् । पार्टीका सबै नेता–कार्यकर्ता सहभागी नभएको अवस्थामा हुने महाधिवेशनमा सहभागी नहुने उनको अडान छ।

    कोइरालालाई भेट्न पुगेका एक नेताका अनुसार उनले पार्टीको आन्तरिक विवाद र विभाजनको अवस्थामा महाधिवेशन गर्नु कांग्रेसका लागि घातक हुने बताएका थिए। ‘एकातिर पार्टीको विवाद अदालतको बेन्चमा छ, अर्कोतिर कांग्रेस इतिहासकै कमजोर अवस्थामा छ। यस्तो अवस्थामा कांग्रेस दुई चिरा भएर महाधिवेशनमा जानु आत्मघाती हुनेछ,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेताले भने।

    उनका अनुसार कोइरालाले कांग्रेस दुई चिरामा विभाजित भएर महाधिवेशनमा गए कुनै पनि पक्षले देशका मुद्दामा प्रभावकारी रूपमा उभिन नसक्ने धारणा राखेका छन्। कोइरालाले पार्टी फुटाएर वा एक–अर्कालाई निषेध गरेर अघि बढ्नुभन्दा एकताको सन्देश लिएर जनतामाझ जानुपर्नेमा जोड दिएका छन्। ‘अहिलेको आवश्यकता फुटेको कांग्रेस होइन, जुटेको कांग्रेस हो। त्यसैले विवादमा अल्झिनुभन्दा एकताको नारासहित जनतामाझ जाने उहाँको धारणा छ,’ थपलियाले भने।

    पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएको र महाधिवेशनको मिति नजिकिँदै गरेको अवस्थामा कोइरालाको यस्तो धारणा सार्वजनिक भएको हो। उनले आफू निकट नेता–कार्यकर्तासँगको भेटमा समेत पार्टी एकताका लागि पहल जारी राख्ने बताउँदै आएका छन्।

    प्रकाशित मिति :भाद्र २८, २०८३ आइतवार - १७:३०:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको