Logo

मंगलवार, कार्तिक ११ गते २०८३

धार्चेको अण्डाडाँडामा ठूलाठूला ढुंगा खस्दा सडक अवरुद्ध

धार्चेको अण्डाडाँडामा ठूलाठूला ढुंगा खस्दा सडक अवरुद्ध

जोईन खबर

२९, भाद्र २०८३
  • 331
    SHARES
  • धार्चेको अण्डाडाँडामा ठूलाठूला ढुंगा खस्दा सडक अवरुद्ध


    २९ भदौ काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, उहिया बेसीस्थित अण्डाडाँडामा ठूलाठूला ढुंगा खस्दा सडक अवरुद्ध भएको छ। लामो समयदेखि पहिरोको जोखिम रहेको उक्त क्षेत्रमा सोमबार पनि माथिबाट ढुंगा खसेपछि सडकमा आवागमन प्रभावित भएको हो।

    images

    अण्डाडाँडामा लामो समयदेखि पटक–पटक पहिरो तथा ढुंगा खस्ने समस्या रहँदै आएको स्थानीयले बताएका छन्। आज पनि अचानक ठूलाठूला ढुंगा सडकमा खसेपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ।

    images
    images
    images

    सडकमा खसेका ढुंगा तथा पहिरोका कारण यात्रु तथा सवारीसाधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था बनेको छ। निरन्तर पहिरो खस्ने क्षेत्र भएकाले थप ढुंगा खस्न सक्ने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ।

    सडक अवरोध हटाउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयले माग गरेका छन्। साथै, पहिरोको दीर्घकालीन समस्या समाधानका लागि जोखिमयुक्त क्षेत्रमा आवश्यक संरक्षण तथा रोकथामका काम गर्नुपर्ने उनीहरूको भनाइ छ।

    प्रकाशित मिति :भाद्र २९, २०८३ सोमवार - १३:२२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको