Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्रीले घोषणा गरेकै समयमा कृष्णभीर सडक खुल्ने, असोज १ देखि दुईतर्फी यातायात

प्रधानमन्त्रीले घोषणा गरेकै समयमा कृष्णभीर सडक खुल्ने, असोज १ देखि दुईतर्फी यातायात

जोईन खबर

३०, भाद्र २०८३
  • 358
    SHARES
  • प्रधानमन्त्रीले घोषणा गरेकै समयमा कृष्णभीर सडक खुल्ने, असोज १ देखि दुईतर्फी यातायात

    ३० भदौ काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा घोषणा गरेको समयसीमाभित्रै पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    प्रधानमन्त्री शाहले गत भदौ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्दै भोटेकोसी बाढीका कारण अवरुद्ध कृष्णभीर सडक भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। सोहीअनुसार भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको र असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

    images
    images
    images

    भदौ १० गते आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि उक्त सडकखण्डमा यातायात ठप्प भएको थियो।

    त्यसपछि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा सडक विभाग तथा नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले चार दिनसम्म अध्ययन गरेका थिए। प्राविधिक टोलीले पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्नु उपयुक्त हुने सुझाव दिएपछि भदौ १९ गतेदेखि रुख कटान र ट्रयाक निर्माण सुरु गरिएको थियो।

    नयाँ ट्रयाक निर्माणका क्रममा करिब ३५ मिटर उचाइ र २० मिटरभित्रसम्म पहाड काटिएको छ। प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेपछि काम सुरु भएको १०औँ दिनमै परीक्षणका रूपमा ग्यास बुलेटसहितका सवारी सञ्चालन गर्न सम्भव भएको सचिवालयले जनाएको छ।

    हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म सक्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि कृष्णभीर सडक पुनः सञ्चालनका लागि निरन्तर स्थलगत रूपमा खटिरहेका छन्।

    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १७:४४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको