Logo

मंगलवार, कार्तिक ११ गते २०८३

विशेष महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान, ‘मलाई कुनै पदको लालसा छैन’

विशेष महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान, ‘मलाई कुनै पदको लालसा छैन’

जोईन खबर

३०, भाद्र २०८३
  • 415
    SHARES
  • विशेष महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान, ‘मलाई कुनै पदको लालसा छैन’

    ३० भदौ काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पनि पदको लालसा नरहेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधरले असोज ३ गते गर्न लागेको निर्वाचन प्रक्रिया पूर्ण रूपमा बहिष्कार गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

    images

    मंगलबार अपिल जारी गर्दै देउवाले कथित विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने नियमित १५औँ महाधिवेशनको तयारीमा जुट्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

    images
    images
    images

    पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक दायित्व भएको बताएका छन्।

    ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन, अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन,’ देउवाले अपिलमा भनेका छन्, ‘तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक दायित्व हो।’

    देउवाले पार्टी कमजोर वा विभाजित हुँदा आफू मूकदर्शक बन्न नसक्ने समेत बताएका छन्। गगन थापा पक्षले आफ्नो लोकप्रियताको दाबी गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसलाई प्रतिनिधिसभा निर्वाचनको परिणामले खारेज गरिसकेको टिप्पणी गरेका छन्।‘विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कमजोर बनाउने प्रवृत्तिको परिचायक हो,’ उनले भनेका छन्।

    विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन रहेको र अदालतले पुनरावलोकनको निस्सा दिइसकेको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु कानुनी तथा राजनीतिक दुवै दृष्टिले गलत भएको देउवाको तर्क छ।

    अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जबर्जस्ती महाधिवेशनको कार्यतालिका अघि बढाएर बहुसंख्यक नेता–कार्यकर्ताको भावना लत्याइएको आरोपसमेत उनले लगाएका छन्।देउवाले पछिल्ला ३५ वर्षमा नेपाली कांग्रेससहित विभिन्न दलको नेतृत्वमा मुलुकले पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्दै विगतको योगदानलाई बिर्सेर दलहरूमाथि नियोजित प्रहार नगर्नसमेत आग्रह गरेका छन्।उनले कांग्रेसको संस्थागत एकता र लोकतान्त्रिक प्रक्रियालाई जोगाउन नियमित महाधिवेशनको प्रक्रियामा सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - १७:५६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको