Logo

मंगलवार, कार्तिक ११ गते २०८३

 ‘दरौंदी दैनिक’ २९औँ वर्षमा प्रवेश

 ‘दरौंदी दैनिक’ २९औँ वर्षमा प्रवेश

जोईन खबर

१, आश्विन २०८३
  • 274
    SHARES
  •  ‘दरौंदी दैनिक’ २९औँ वर्षमा प्रवेश

    १ असोज काठमाडौँ । गोरखाबाट प्रकाशित हुँदै आएको दरौंदी दैनिक २९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा बिहीबार गोरखा सदरमुकाममा विशेष कार्यक्रम आयोजना गरिएको छ।

    images

    कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका भौतिक तथा स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले गरेका थिए। दरौंदी दैनिक गोरखाका पत्रकारहरूद्वारा सञ्चालित पत्रिकाका रूपमा स्थापित छ। पत्रिकामा विगतदेखि हालसम्म काम गरेका अधिकांश पत्रकार देशका विभिन्न मूलधारका सञ्चारमाध्यममा समेत कार्यरत छन्।

    images
    images
    images

    गोरखामा स्थानीय नागरिकका आवाज, समाचार र सरोकारलाई आफ्नै सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने उद्देश्यले २०५५ साल वैशाख १ गते ‘दरौंदी’को प्रकाशन सुरु भएको थियो। सुरुवातमा पाक्षिक रूपमा प्रकाशित पत्रिका ६० को दशकको सुरुतिर साप्ताहिकमा रूपान्तरण भएको थियो। २०६७ साल असोज १ गतेदेखि भने दरौंदी दैनिक रूपमा प्रकाशन हुँदै आएको छ।

    दूरदराजका नागरिकका समाचार र आवाज काठमाडौं केन्द्रित सञ्चारमाध्यममा पर्याप्त रूपमा समेटिन नसक्ने अवस्थालाई ध्यानमा राख्दै मोफसलमा सञ्चारमाध्यम स्थापना हुने क्रमसँगै गोरखामा दरौंदीको जन्म भएको हो। ‘आफ्ना समाचार आफ्नै माध्यम’ भन्ने अवधारणालाई आत्मसात् गर्दै दरौंदीले गोरखाका स्थानीय मुद्दा र नागरिकका सवाललाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

    २९औँ वर्षमा प्रवेशसँगै दरौंदीले बदलिँदो सञ्चार प्रविधि र न्यू मिडियाको चुनौतीलाई पनि आत्मसात् गरेको छ। डिजिटल माध्यम र सामाजिक सञ्जालको विस्तारसँगै परम्परागत सञ्चारमाध्यमले नयाँ चुनौती सामना गरिरहेको उल्लेख गर्दै पत्रिकाले आफ्नो मूलधारको पत्रकारिताको पहिचान कायम राख्दै डिजिटल स्वरूपलाई समेत अपनाउँदै गएको जनाएको छ।

    पत्रिकाका अनुसार अहिले सूचना प्रवाहमा सामाजिक सञ्जाल र न्यू मिडियाको प्रभाव व्यापक बनेको छ। विषयवस्तुको गहनता, विश्वसनीयता र नैतिक सीमालगायतका प्रश्नसँगै यसको पहुँच भने निकै फराकिलो भएको छ। यही परिवर्तित परिवेशमा मूलधारका सञ्चारमाध्यमले आफ्नो विश्वसनीयता र प्रतिष्ठा जोगाउँदै नयाँ प्रविधिसँग अघि बढ्नुपर्ने अवस्था रहेको दरौंदीको धारणा छ।

    विज्ञापनलाई सञ्चारमाध्यमको आर्थिक आधारका रूपमा लिइने भए पनि पछिल्लो समय सूचना तथा विज्ञापनको उपलब्धतामा आएको कमीले परम्परागत सञ्चारमाध्यमलाई थप चुनौती थपिएको पत्रिकाले जनाएको छ। यस्तो परिस्थितिमा पनि पत्रकारिता क्षेत्रको व्यावसायिकता र प्रतिष्ठालाई कायम राख्दै अघि बढ्ने प्रतिबद्धता दरौंदीले व्यक्त गरेको छ।

    २९ वर्षको यात्रामा साथ दिने पाठक, शुभेच्छुक, विज्ञापनदाता तथा सम्पूर्ण गोरखाबासीप्रति आभार व्यक्त गर्दै दरौंदीले आगामी दिनमा पनि स्थानीय आवाज र सरोकारलाई प्राथमिकतामा राखेर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ। चुनौतीपूर्ण अवस्थाबीच पनि आगामी दिन सुनौलो हुने विश्वाससहित पत्रिका आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छ।

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १०:२०:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको