Logo

मंगलवार, कार्तिक ११ गते २०८३

रसुवा बाढीपीडितका लागि बारपाकवासीले जुटाए १६ लाख १४ हजार रुपैयाँ

रसुवा बाढीपीडितका लागि बारपाकवासीले जुटाए १६ लाख १४ हजार रुपैयाँ

जोईन खबर

१, आश्विन २०८३
  • 1.2K
    SHARES
  • रसुवा बाढीपीडितका लागि बारपाकवासीले जुटाए १६ लाख १४ हजार रुपैयाँ

    १ असोज काठमाडौँ ।  रसुवा बाढीपीडितका लागि गोरखाको बारपाकवासीले १६ लाख १४ हजार ६२० रुपैयाँ सहयोग संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

    images

    बारपाक क्षेत्रका स्थानीयवासीको पहलमा संकलित उक्त रकम बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा जम्मा गरिएको हो।

    images
    images
    images

    संकलित रकम बारपाकका विभिन्न व्यक्ति, संस्था तथा स्थानीयवासीबाट सहयोग जुटाएर संकलन गरिएको जनाइएको छ। विपद्को समयमा छिमेकी जिल्लाका पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ।

    रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा सहयोग जुटिरहेको अवस्थामा बारपाकवासीले पनि आफ्नो क्षेत्रबाट सहयोग गरेका हुन्।

    प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - १६:४०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको