Logo

मंगलवार, कार्तिक ११ गते २०८३

२२.५ मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

२२.५ मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

जोईन खबर

२, आश्विन २०८३
  • 286
    SHARES
  • २२.५ मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड लगानी जुट्यो, ३३ महिनामा निर्माण सक्ने लक्ष्य

    २ असोज काठमाडौा । आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजनाको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।

    images

    सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्विटी लगानी रहनेछ।

    images
    images
    images

    आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिसमेत सहभागी थिए।

    वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने

    जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ।

    आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। वित्तीय व्यवस्थापनसमेत पूरा भएकाले अब निर्माण कार्यलाई तीव्रता दिइने सांग्रिला हाइड्रोपावरका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए। उनका अनुसार आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारी पूरा हुँदै गएको र वित्तीय स्रोत सुनिश्चित भएकाले निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    अनुभवी समूहको लगानी

    जाल्दीगाड जलविद्युत आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

    विकास हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओसमेत निष्कासन गरिसकेको छ। यही समूहले गोरखामा ४।६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना समेत निर्माण गरिरहेको छ। उक्त आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

    यसअघि जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको अनुभव रहेको प्रवर्द्धक समूहले जाल्दीगाड आयोजनासमेत समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ। वित्तीय व्यवस्थापन पूरा भएसँगै आयोजना निर्माणले गति लिने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - १२:०६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको