२ असोज काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका तथा अध्ययन, अनुसन्धान र नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रका योग्य र अनुभवी व्यक्तिहरूलाई राजदूतका लागि अघि सारिएको छ। सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् ‘एग्रिमो’ प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतमा सिफारिस गरिएको छ।
त्यस्तै संयुक्त अधिराज्य ९बेलायत० का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा। पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा। डा। सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा। मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।
सरकारले लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढाएको हो। यसअघि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले खुला आवेदन मागेको थियो र ठूलो संख्यामा आवेदन परेका थिए।
सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकमा सहमतिका लागि पठाइनेछ। सम्बन्धित मुलुकबाट सहमति प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया रहनेछ।सरकारले पछिल्लो समय रिक्त रहेका विभिन्न नेपाली नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउन खोजेको हो। केही नियोग लामो समयदेखि नेतृत्वविहीन रहेकाले नयाँ सिफारिसलाई कूटनीतिक प्रतिनिधित्व पुनः व्यवस्थित गर्ने प्रक्रियाका रूपमा हेरिएको छ।