४ भदौ काठमाडौँ । नेपाली कांग्रेस गोरखा, बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले केशरी प्रसाद वस्तीलाई वडा सभापतिमा निर्विरोध निर्वाचित गर्दै नयाँ वडा कार्यसमिति चयन गरेको छ।
अधिवेशनबाट सभापति केशरी प्रसाद वस्ती निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपसभापतिमा विकास बाबु परियार र मिश्रा भट्ट, सचिवमा कल्पना राना मगर तथा सहसचिवमा चन्द्रबहादुर अम्गाई चयन भएका छन्। वडा कार्यसमितिको कोषाध्यक्ष पद भने मनोनयन गर्न बाँकी रहेको पार्टीले जनाइएको छ।
त्यसैगरी कार्यसमिति सदस्यमा श्यामबहादुर बसेल, मोहन श्रेष्ठ र मनोज सुर्खेती चयन भएका छन्।
नवनिर्वाचित सभापति वस्तीको नेतृत्वमा वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय नागरिकका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ। अधिवेशनले वडा तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ।