Logo

मंगलवार, कार्तिक ११ गते २०८३

बाढीको शोकमा प्रधानमन्त्री शाहको अमेरिका यात्रा, विमानस्थलमा गार्ड अफ अनर र रेड कार्पेट नहुने

बाढीको शोकमा प्रधानमन्त्री शाहको अमेरिका यात्रा, विमानस्थलमा गार्ड अफ अनर र रेड कार्पेट नहुने

जोईन खबर

६, आश्विन २०८३
  • 391
    SHARES
  • बाढीको शोकमा प्रधानमन्त्री शाहको अमेरिका यात्रा, विमानस्थलमा गार्ड अफ अनर र रेड कार्पेट नहुने

    ६ भदौ काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। भोटेकोशी बाढीबाट देश शोकमा रहेका कारण प्रधानमन्त्रीको बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक समारोह, गार्ड अफ अनर तथा रेड कार्पेट नराखिने भएको छ।

    images

    प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन न्युयोर्क जान लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् बिहीबार महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    images
    images
    images

    भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको र देश शोकमा रहेका बेला प्रधानमन्त्रीको विदेश भ्रमणलाई औपचारिक तामझामबाट अलग राख्न लागिएको बताइएको छ। यससँगै राज्यका उच्च पदाधिकारीको विदेश प्रस्थानमा गरिने परम्परागत बिदाइ कार्यक्रम यसपटक सामान्य बनाइने भएको हो।

    न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण छोटो र सीमित कार्यक्रममै केन्द्रित रहने जनाएको छ।

    प्रधानमन्त्री शाहले महासभामा नेपालले भोगिरहेको जलवायु संकट, भोटेकोशी बाढीबाट भएको क्षति तथा हिमाली मुलुकका समस्या र जलवायु न्यायका विषय उठाउने तयारी गरेका छन्। बाढीपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनबाट परेको असमान प्रभाव र त्यसबाट उत्पन्न क्षतिका विषयमा ध्यानाकर्षण गराउने तयारी गरेको छ।

    प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बञ्ज्याङकर, परराष्ट्र सचिव अमृतबहादुर राईसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन् र उनले विभिन्न उच्चस्तरीय बैठक तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ।प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - ११:३०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको