८ भदौ काठमाडौँ। नेपाली कांग्रेस गोरखा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापतिमा कपिल पाण्डे निर्विरोध निर्वाचित भएका छन्। प्रदेशसभा ‘ख’ अन्तर्गत सम्पन्न अधिवेशनबाट पाण्डे सभापतिमा निर्विरोध चयन भएका हुन्।
सभापतिका लागि पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको संगठनले जानकारी दियो । नयाँ नेतृत्व चयनसँगै प्रदेशसभा ‘ख’ क्षेत्रमा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जिम्मेवारी पाण्डेको नेतृत्वमा आएको छ।
निर्विरोध निर्वाचित पाण्डेले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय र स्थानीय तहमा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढाउने अपेक्षा गरिएको छ।
प्रदेशसभा ‘ख’ अन्तर्गतका नेता तथा कार्यकर्ताले नयाँ नेतृत्वसँगै संगठनलाई थप मजबुत बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्।