Logo

मंगलवार, कार्तिक ११ गते २०८३

महासभामा प्रधानमन्त्री बालेनले शुक्रबार बिहान पौने ६ बजे सम्बोधन गर्ने

महासभामा प्रधानमन्त्री बालेनले शुक्रबार बिहान पौने ६ बजे सम्बोधन गर्ने

जोईन खबर

८, आश्विन २०८३
  • 400
    SHARES
  • महासभामा प्रधानमन्त्री बालेनले शुक्रबार बिहान पौने ६ बजे सम्बोधन गर्ने

    ८ असोज काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रलाई शुक्रबार बिहान सम्बोधन गर्ने भएका छन्।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान ५ः४५ बजे महासभालाई सम्बोधन गर्ने तय भएको छ। अमेरिकाको स्थानीय समयअनुसार भने उनको सम्बोधन बिहीबार साँझ करिब ८ बजे हुनेछ।

    images
    images
    images

    महासभाको निर्धारित कार्यक्रमअनुसार वक्ताहरूले सम्बोधन गर्ने क्रमका आधारमा प्रधानमन्त्री शाहको सम्बोधनको समय केही तलमाथि हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भइरहेको छ। महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीले सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    महासभाको सम्बोधनलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना राष्ट्रिय तथा विश्वव्यापी सरोकारका विषय प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

    प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - २२:४१:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको