Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सुरक्षाका लागि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा

सुरक्षाका लागि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा

जोईन खबर

११, आश्विन २०८३
  • 310
    SHARES
  • सुरक्षाका लागि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा

    ११ असोज काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति सुरक्षाका लागि नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट सुरक्षा नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्याएको हो।प्रहरीका अनुसार जबरामाथि आक्रमण हुनसक्ने सूचना तथा सुरक्षा विश्लेषणपछि उनलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको हो।

    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबराविरुद्ध कुनै उजुरी नपरेको स्पष्ट पारेका छन्। उनका अनुसार ‘जेनजी’ युवाहरूबाट राति आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि उनलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको हो।

    images
    images
    images

    प्रहरी स्रोतले भने जबराविरुद्ध उजुरी परेको दाबी गरेको थियो। तर एसएसपी खड्काले भने त्यस्तो कुनै उजुरी नरहेको बताएका छन्।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि जबरामाथि सुरक्षा चुनौती देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्।

    जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए। उक्त महाअभियोग प्रस्ताव पारित हुन सकेन। तर महाअभियोग दर्ता भएपछि जबरा सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्।

    प्रहरीले जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिएको बताए पनि उनलाई प्रहरी कार्यालयमा राखिएको विषयले भने चासो बढाएको छ। प्रहरी अधिकारीहरूले भने उनको नियन्त्रणलाई कुनै पक्राउ वा कानुनी कारबाही नभई सुरक्षा व्यवस्थापनको कदमका रूपमा व्याख्या गरेका छन्।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १०:२४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको