Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : गोरखा–२ बाट समावेशी दलित प्रतिनिधिमा पोशराज नेपालीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : गोरखा–२ बाट समावेशी दलित प्रतिनिधिमा पोशराज नेपालीको उम्मेदवारी

जोईन खबर

११, आश्विन २०८३
  • 592
    SHARES
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन : गोरखा–२ बाट समावेशी दलित प्रतिनिधिमा पोशराज नेपालीको उम्मेदवारी

    ११ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नं. २ बाट समावेशी दलित महाधिवेशन प्रतिनिधि पदका लागि बारपाक सुलिकोट गाउँपालिका–६ का युवा नेता पोशराज नेपालीले उम्मेदवारी दिएका छन्।

    images

    पार्टीको वडा तहदेखि क्षेत्रीय प्रतिनिधिसम्मको जिम्मेवारी निर्वाह गर्दै आएका नेपालीले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएका हुन्। उनले पार्टी संगठनमा सक्रिय रहँदै दलित समुदाय तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।

    images
    images
    images

    नेपाली लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय छन्। उनले नेपाली कांग्रेस बारपाक सुलिकोट गाउँपालिका–६ को पार्टी सहसचिव, नेपाल दलित संघ गोरखाको जिल्ला सदस्य, बारपाक सुलिकोट दलित संघको संयोजक तथा क्षेत्रीय प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    वडा, पालिका हुँदै क्षेत्रीय प्रतिनिधिको भूमिकासम्म पुगेका नेपालीले पार्टी संगठनमा आफ्नो निरन्तर सक्रियतालाई उम्मेदवारीको आधार बनाएका छन्। उनले पार्टीभित्र दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न तथा संगठनलाई थप समावेशी र सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।

    नेपालीले युवापुस्तालाई पार्टी संगठनमा थप सक्रिय बनाउँदै दलित समुदायका मुद्दालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको धारणा राखेका छन्।१५औँ महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व र संगठनात्मक दिशा तय हुने भएकाले आफूले समावेशी दलित प्रतिनिधिका रूपमा समुदायको आवाज उठाउने उद्देश्यले उम्मेदवारी दिएको नेपालीको भनाइ छ।

    गोरखा–२ मा विभिन्न क्लस्टर तथा पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी रहेका बेला पोशराज नेपालीको उम्मेदवारीले दलित समुदाय तथा युवा प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ। उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई थप मजबुत बनाउन र कार्यकर्ताको भावना तथा समुदायका सवाललाई नेतृत्वसमक्ष पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १४:०३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको