Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनका लागि गोरखा–२ (ख) बाट प्रदेश प्रतिनिधिमा राजेन्द्र रायामाझी निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनका लागि गोरखा–२ (ख) बाट प्रदेश प्रतिनिधिमा राजेन्द्र रायामाझी निर्वाचित

जोईन खबर

११, आश्विन २०८३
  • 670
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशनका लागि गोरखा–२ (ख) बाट प्रदेश प्रतिनिधिमा राजेन्द्र रायामाझी निर्वाचित

    ११ असोज काठमाडौ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि गोरखा प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख)बाट खुला तर्फ गण्डकी प्रदेश प्रतिनिधिमा राजेन्द्र रायामाझी निर्वाचित भएका छन्।

    images

    बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरीबोटमा जन्मिएका रायामाझी बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी लामो समयदेखि पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय छन्।

    images
    images
    images

    रायामाझीले सानै उमेरदेखि नेपाली कांग्रेसका सिद्धान्त र विचारलाई आत्मसात् गर्दै राजनीतिक तथा सामाजिक गतिविधिमा आफूलाई समर्पित गर्दै आएका हुन्। विद्यार्थी जीवनदेखि नै कांग्रेसको विचार र संगठनसँग जोडिएर अघि बढेका उनी पार्टीभित्र सक्रिय नेताका रूपमा परिचित छन्।

    १५औँ महाधिवेशनका लागि प्रदेश प्रतिनिधिमा निर्वाचित भएसँगै रायामाझीले पार्टीको नीति, सिद्धान्त र संगठनलाई थप मजबुत बनाउन आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताएका छन्।

    उनको निर्वाचितसँगै बारपाक सुलिकोटसहित गोरखा क्षेत्र नं. २ (ख)का कांग्रेस नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन्। प्रदेश प्रतिनिधिका रूपमा रायामाझीले पार्टीको आगामी महाधिवेशनमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - २२:३०:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको