Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस गोरखा–२ (ख) को उपसभापतिमा विराज भट्ट सर्वसम्मत

कांग्रेस गोरखा–२ (ख) को उपसभापतिमा विराज भट्ट सर्वसम्मत

जोईन खबर

११, आश्विन २०८३
  • 550
    SHARES
  • कांग्रेस गोरखा–२ (ख) को उपसभापतिमा विराज भट्ट सर्वसम्मत

    ११ असोज काठमाडौँ। नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गत गोरखा प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा (ख) को उपसभापतिमा विराज भट्ट सर्वसम्मत मनोनित भएका छन्।

    images

    बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाझ लाकुरीबोटमा जन्मिएका भट्ट गाउँमै प्रारम्भिक अध्ययन पूरा गरेपछि विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा जोडिएका हुन्। विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले पार्टीका विभिन्न आन्दोलन तथा राजनीतिक गतिविधिमा सहभागी हुँदै आफ्नो राजनीतिक यात्रा अघि बढाएका छन्।

    images
    images
    images

    भट्ट यसअघि नेपाली कांग्रेसको प्रदेश सदस्यको जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन्। लामो समयदेखि पार्टीको संगठन र राजनीतिक गतिविधिमा सक्रिय भट्टलाई अहिले प्रदेशसभा (ख) को उपसभापतिको जिम्मेवारी दिइएको हो।

    उपसभापतिमा सर्वसम्मत मनोनित भएपछि भट्टले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने पार्टीका सम्पूर्ण अग्रज, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, शुभेच्छुक तथा साथीभाइप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

    उनले आफूहरूप्रति देखाइएको विश्वास, भरोसा, माया र सद्भावलाई अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताएका छन्। प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई सबैको साझा विश्वास र एकताको सम्मानका रूपमा लिएको भट्टको भनाइ छ।

    आगामी दिनमा पार्टीको संगठनलाई अझ सुदृढ, व्यवस्थित र गतिशील बनाउँदै अघि बढ्ने भट्टले प्रतिबद्धता जनाएका छन्। कार्यकर्ताको भावना र जनताको अपेक्षालाई आत्मसात् गर्दै निष्ठा, इमानदारी, सहकार्य र जिम्मेवारीका साथ पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने उनले बताएका छन्।

    पार्टीलाई थप मजबुत बनाउन सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भट्टले आफूलाई प्राप्त जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - २३:१६:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको