१३ असोज काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। उनी मंगलबार कांग्रेसको संस्थापन समूहमा प्रवेश गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको तयारी चलिरहेका बेला गुरुङलाई संस्थापन समूहमा भित्र्याइएको हो। उनलाई १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी प्रवेश गराएका हुन्।
कोइरालाको सचिवालयका अनुसार गुरुङलाई महाधिवेशन तयारीका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।
मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए। पछिल्लो समय उनी कांग्रेसको महाधिवेशन तयारीसँग जोडिँदै पार्टीको संस्थापन समूहमा प्रवेश गरेका हुन्।
गुरुङलाई मनाङको संयोजकको जिम्मेवारी दिएसँगै जिल्लामा कांग्रेसको १५औँ महाधिवेशन तयारी तथा संगठन परिचालनमा उनको भूमिका रहने भएको छ।